ड्रग्स कनेक्सनमा श्रद्धा

फिल्म । सुशान्त सुशान्त सिंह राजपुतको निधनपछि बलिउडबाट विभिन्न किसिम नयाँ नयाँ खबरहरु आइरहेका छन् । पछिल्लो समय आएको मुद्दा हो , ड्रग्सको । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले बलिउडका कलाकारहरुले ड्रग्स लिने गरेको नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबि० लाई बयान दिईसकेकी छिन् । पछिल्लो समय यसैले गर्दा सारा अलि खान , राकुल प्रीत सिंह , दीपिका पादुकोणको नाम अगाडी आइरहेको छ । यसमै जोडिएकी छिन् , श्रद्धा कपूर पनि ।

बलिउड अभिनेता शक्ति कपूरकी छोरी श्रद्धाले ड्रग्स लिने गरेको बयान जया शाहले दिएकी छिन् । सुशान्त र रियाको म्यानेजर जयाले एनसीबिलाइ श्रद्धाका लागि अनलाइनबाट ड्रग्स सीबीडी ओइलको मगाएको बताएकी छिन् । सीबीडी भारतमा प्रतिबन्ध गरिएको ड्रग्स हो । जयाले एनसीबीसँगको बयानमा श्रद्धाका लागि प्रतिबन्धित ड्रग्स अर्डर गरेको स्विकार गरेकी हुन् ।

उनले उक्त ड्रग्स श्रद्धासँगै सुशान्त , रिया , फिल्मकर्मी मधु मन्टेना र आफ्नै लागि व्यवस्था गरेको स्विकारेकी हुन् । श्रद्धाको नाम जोडिएसँगै बलिउडका अन्य कलाकारहरु पनि त्रसित बनेका छन् । च्याटमा गरिएको कुराकानी बाहिर आउन थालेपछि बलिउडका स्टारहरु नै समस्यामा परिरहेका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार रियाले २५ बलिउड सेलेब्सको नाम लिएकी छिन् । जसको अनुसन्धान एनसीबिले गरिरहेको छ । (एजेन्सी)

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस