ट्राफिक नियमविपरित सवारीसाधन संचालन

रोल्पामा ट्राफिक प्रहरीले उठायो ५५ लाख बढी राजस्व

फाइल तस्विर

१२असोज, रोल्पा । रोल्पामा ट्राफिक नियम विपरित चलाईएका सवारी साधन कारवाहीमा पर्दा ठूलो संख्यामा राजस्व संकलन हुने गरेको छ । यसले ट्राफिक नियम विपरित सवारी साधन संचालन हुने गरेको तथ्य देखाएको छ । जिल्ला ट्राफिक कार्यालय रोल्पाले पछिल्लो १४ महिनाको अवधिमा सवारी साधनको जरिवाना बापत ५५ लाख बढि राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षको साउनदेखि चालु आर्थिक वर्षको भदौसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनबाट ५५ लाख २० हजार राजस्व सङ्कलन गरेको जनाएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्यांक अनुसार १४ महिनाको अवधिमा ७ हजार ६ सय ७८ सवारी साधान कारवाही परेका छन् । कारवाही वापतको राजस्व संकग्लन भएको हो । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्दै आएको छ ।

ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त तथ्यांकमा सबै भन्दा धेरै मोटरसाइकल चालक कारवाही परेको देखिन्छ । तथ्यांक अनुसार १४ महिनाको अवधिमा २ हजार ९ सय ४१ मोटर साइकल चालक कारबाहीमा परेका छन् । कारवाहीमा परेका मोटर साइलक चालकबाट २३ लाख ८४ हजार ५ सय राजस्व संकल भएको छ । कारवाहीमा परेका १ हजार ९ सय ८६ जिप, कार, भ्यानबाट १३ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व उठाईएको छ ।

त्यसैगरी ९ सय ३८ बस चालक कारवाहीमा पर्दा ११ लाख ९ हजार ४ सय संकलन भएको छ । ६ सय ८९ अटो चालकलाई जरिवाना गरिदा १ लाख ३१ हजार ७ सय, कारवाहीमा परेका ५ सय ९६ ट्रयाक्टरबाट ३ लाख ७५ हजार सवारी जरिवाना उठाईएको छ । र, कारवाहीमा परेका ५ सय २७ ट्रकबाट ३ लाख २६ हजार ५ सय ५० रुपैँया राजस्व उठेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी रोहितकुमार शाहीका अनुसार सवारी चालक अनुमति पत्र नभएका, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने र कागजपत्र साथमा नराखेर सवारी चलाउनेहरु कारवाहीमा पर्ने गरेको छन् । बेलाबेला ट्राफिक प्रहरीले छड्के जाँच गर्दा धेरै कारवाहीमा पर्ने गरेका छन् । नियमित जाँचका क्रममा पनि धेरैजसो सवारी साधन चालक कारवाहीको भागीदार हुने गरेका छन् ।

गत आर्थिक वर्षमा स्वामित्व नखुलेका ३० सवारी साधन लिलाम विक्री भएका छन् । भने हाल २० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छन् । प्रहरीको नियन्त्रमा रहेका यी सवारी साधनहरु अधिकाश चोरी र काजगपत्र नवीकरण नगरेका सवारी साधन रहेको सूचना अधिकारी शाहीले बताए ।

ट्राफिक नियम उल्लंघन भएर राजस्व संकलन बढि हुनु पक्कै राम्रो होईन । ट्राफिक नियम पालना गराउने तर्पm ट्राफिक प्रहरीले अभैm मेहनत गर्न आवश्यक देखिन्छ । उही सवारी साधन उही प्रकृतिको गल्तीमा पटकै पिच्छे कारवाही समेत पर्दै आएका छन् । यस्तो अवस्थाले कारवाही पश्चात् सुधार नभएको जनाउँछ । चोरीका सवारी साधन समेत बेलाबेला पक्राउ पर्ने गरेका छन् । ट्राफिक प्रहरीको सक्रियताले सवारी चालकमा नियम पालनाको संस्कृतिको विकास गर्न जरुरी छ । त्यसो त ट्राफिक नियमको पालनाले मात्र सवारी दुर्घटनामा कमी ल्याउन सक्नेछ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस