
दशैं, तिहार जस्ता चाडपर्वका बेला बजारमा अत्याधिक मासु खपत हुन्छ । दशैंमा हरेकका घरघरमा खसी बोका काट्ने चलन पनि छ । दशैँमा हामीले पशुपक्षी र खसीबोकाको मासु प्रयोग गर्दछौँ । कतिपय समुदायमा राँगा, बङ्गुर पनि खाने गरिन्छ ।
हामीले दशैँतिहार जस्ता महत्वपूर्ण चाडपर्वमा प्रयोग गर्ने पशुहरू स्वस्थ हुनुपर्छ । हामीले मासुको लागि प्रयोग गरी पशुहरू कुनै रोगबाट सङ्क्रमित नभएको हुनुपर्छ । जस्तै, स्वास प्रश्वास, शारीरिक विकृति, पाटलो, ख्याउटे लगायत अन्य कुनै पनि रोगले सङ्क्रमण नभएको स्वस्थ पशु हामीले प्रयोगका लागि छनोट गर्नुपर्छ ।
दशैँ, तिहारमा हाम्रो कतिपय ठाउँहरूमा उच्च पहाडी भेगबाट च्याङ्ग्राहरू सहर बजारमा ढुवानी गर्नै र सहरी क्षेत्रबाट पनि विभिन्न ठाउँमा खसिबोका ढुवानी गर्ने प्रचलन रहेको छ । यसरी पशुहरू एक ठाउँबाट अर्काेठाउँमा ढुवानी गर्दा हामीले सावधानी अपनाउन आवश्यक छ ।
पशुहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा सावधानी नअपनाई ढुवानी गरेको पाइन्छ । यो पशु ढुवानी मापदण्ड २०६४ विपरित हो । यसरी ढुवानी गर्दा किसानले उत्पादन गर्दा पशुहरू स्वस्थ भए पनि उपभोक्ता माझ पुग्दा विभिन्न चोटपटकका कारणले गर्दा अवस्था हुनसक्छ । अथवा विभिन्न रोगको सङ्क्रमण हुन सक्छ ।
त्यसकारण ढुवानी गर्दा ‘‘पशु ढुवानी मापदण्ड २०६४” कार्यन्वयन गरेर मात्र ढुवानी गर्नुपर्छ । पशु ढुवानी गर्दा प्राप्त मात्रामा बस्ने ठाउँ हुनुपर्छ । लामो समयसम्म एकैचोटी ढुवानी गर्नुहुँदैन । पशुपक्षीलाई समयसमयमा आराम गर्दै लैजानु पर्छ । हामी देख्छौँ, धेरै ठाउँहरूमा एकैचोटी कोचाकोच गरेर खसिबोका लैजाने प्रचलन छ । अझै भन्ने हो, भने रात्रिकालीन बसका डिक्की र छटहरुमाराखेर लैजाने गरेको पाइन्छ । त्यो सबै भन्दा ठूलो गल्ती हो । कानुनी हिसाब र पशु कल्याणको हिसाबले पनि यो एकदमै अवसिञ्चित गतिविधि हो । यसलाई रोक्नुपर्छ ।
ढुवानी गर्दा हामीले पशुलाई असहज नहुने गरि ढुवानी गर्नुपर्छ । जब ढुवानी गरी सकेपछि पशु हाम्रो उपभोक्ताकोमा पुग्छ । उपभोक्ताले पनि किन्दा पनि ख्याल गर्नुपर्छ । त्यो स्वस्थ छ, की छैन्। सम्भव भएसम्म परिक्षण गरेर मात्र किन्नुपर्छ । यदि त्यो पनि सम्भव भएन भने सामान्य हेर्दा खेरि दानापानी खाइरहेको छ, उसको हाउभाउ, उसको श्वास, प्रश्वासको गति तापक्रम सामान्य छ भने त्यस्तो खसीबोका छनोट गर्नुपर्छ ।
एक ठाउँबाट अर्को ठाउँमा ढुवानीको समयमा खसीबोकालाई चोटपटक लागेको हुन सक्छ । त्यतिबेला अन्य रोगहरूले पनि आक्रमण गरेको हुन सक्छ । त्यस्तो अवस्थाका पशुहरू छन् भने खानु हुदैन् । खसीबोका किन्दा सम्भव भएसम्म पशु चिकित्सकले परिक्षण गरी प्रमाणपत्र जारी गरेको मात्र खानुपर्छ ।
हाम्रो ग्रामीण भेगमा पशु चिकित्सकले परिक्षण गर्ने सम्भव नभएपनि रोगी पशुहरू खानु हुँदैन । यदि हामीले अस्वस्थ पशु खरिद गर्यो त्यसको उपभोग ग¥यो भने हामीलाई पनि विभिन्न रोगले सङ्क्रमण गर्न सक्छ ।
हामीले पशु कसरी बोध गर्छौ? कसरी काट्छौ ? त्यस्तो कुराले पनि बढी महत्व राख्दछ । योसँगै मासुको स्वच्छता यसको गुणस्तरले ठूलो अर्थ राख्दछ ।
हामीले बोध गर्नुभन्दा अगाडि पशुको स्वस्थ र त्यसलाई काट्ने ठाउँपनि एकदमै सफा सुगर, स्वच्छ हुनुपर्छ । धुलो फोहोर मैला मिसिने ठाउँ हनु भएन् । पशुको भित्रि अंशहरु काट्दा भित्रको फोहोरहरु मासुसँग लसपस नहुने गरी साथै भित्रि अशं र छालाहरु खानुहुदैन् । यो स्वास्थ्यका लागि उपयुक्त होइन् । हाम्रो समाजमा अmभै पनि पशुको बोध गर्दा मासुसँगै आन्दाहरुपनि मिसाउने प्रचलन छ । खासमा त्यस्तो गर्नुहुदैन त्यसमा विभिन्न व्याक्टेरियाहरु हुन्छन्। त्यसकारण पनि त्यो नगर्न अनुरोध गर्दछु । मासुमा लाग्ने ६० प्रतिशत रोगहरु पशुपंक्षिबाट आएका हुन्छन्।
अस्वस्थ मासुको कारण धेरै रोगहरु लाग्दछन् । हामीले टेनिया, सोलिया, फिट्टेजुगा नाम्ले भएका मासुहरु खायो भने मान्छेमा पनि डायरिया हुने, फुडपैजन हुने, त्यसै गरेर सिस्टचर हुने हुदाँ यसले गर्दा पशुबाट मान्छेमा विभिन्न रोगहरु सर्दछ । त्यसकारण मासुको प्रयोग गर्दा ध्यान दिनएर गर्नुपर्छ ।
यो चार्डपर्वमा पनि सम्पूर्णमा स्वस्थ पशु खरिद गरी स्वच्छ पशुपंक्षीको बोध गर्नुपछ । रगत, मुटू कलेजो आन्दो भुडी लगायतका मासूहरु सकेसम्म राम्रो गरि सफा गरेर त्यसलाई लामो समयसम्म भण्डारण नगरीकन उपभोग गर्नुपर्छ ।
सबैभन्दा ठुलो कुरा हाम्रो स्वास्थ्य हो । स्वास्थ्यको ख्याल गरौँ र चार्डपर्व पनि मनाउ । सबै कुरा ख्याल गर्दै गर्दा पनि चार्डपर्वको बेलामा हाम्रो आनीबानी खानपानले गर्दा मासुकै कारण अप्थ्यारो अवस्था आउन सक्छ । केहि रोगहरु देखा पर्न सक्छन्। त्यस्तो अवस्थामा स्वास्थ्य संस्था गएर स्वास्थ्यकर्मीहरुको सहयोगमा उपचार गरौँ । रमाइलो गरौँ ।
पशुको बोध गर्दा पशु कल्याणका केहि मापदण्डहरु छन्, त्यसको पालना गरौँ । पशुको ढुवानी गर्दा पनि उसलाई असहज हुने तवरले ढुवानी नगरौँ । हामी रमाइलो गरौँ साथमा पशुको अधिकार पनि संरक्षण गरौँ ।