१५ भदौ, रोल्पा । रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुमन बिक विजयी भएका छन् । काँग्रेस-एमाले गठबन्धका उम्मेदवारलाई पराजित गर्दै समितिको नयाँ कार्यसमितिमा बिक नेतृत्वको प्यानलै विजयी भएको हो ।
खानेपानी उपभोक्ता समितिको अध्यक्षमा विजयी विकले ४ सय ५ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेस-एमाले गठबन्धका उम्मेदवार रामबहादुर बुढाथोकीले ३ सय ३७ मत मात्रै ल्याएका छन् ।
बिक नेतृत्वको प्यानबाटै उपाध्यक्षमा रेवती आचार्य, महासचिवमा अशोक आचार्य, सचिवमा रुपसरा बुढामगर, कोषाध्यक्षमा शिला बिक (कामी) विजयी भएका छन् ।
त्यस्तै गरी सदस्यहरूमा गीता घर्ती, दुर्गाप्रसाद शर्मा, दीपसरा बुढामगर, देवबहादुर कवर, रामी दमाई, रेशमबहादुर पुन मगर विजयी भएका छन् ।
प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार


