वडा अध्यक्ष क्षेत्रीद्धारा दशैँ भत्ता फिर्ता

३कार्तिक,रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४का वडाअध्यक्ष गन्जबहादुर क्षेत्रीले दर्शै भत्ता वापत गाउँपालिकाले निकासा गरेको रकम फिर्ता गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले गरेको निर्णय अनुसार गाउँपालिकाले दशैं भत्ता बापत १२ हजार रुपैया वडा अध्यक्ष क्षेत्रीको खातामा गरीदिएको थियो ।
मोटरसाइकल दुर्घटनामा परि घरमै आराम गरिरहेको क्षेत्रीले गाउँपालिकाले जम्मा गरिदिएको चाडपर्व भत्ता आज फिर्ता गरेका हुन् ।
उक्त रकम गाउँपालिका पालिकाको खातामा जम्मा गर्दा त्यहि शिर्षक मै मात्र रहने हुँदा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको वडा अध्यक्ष क्षेत्रीले बताएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस