बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

५ कार्तिक, काठमाडौँ। रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

बुटवल ११ का पुरुष २४ असोजमा अस्पतालमा भर्ना भएका थिए भने बुटवल १७ मोतिपुरका पुरुष २७ असोजमा अस्पतालमा भर्ना भएका थिए ।

दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस