रेडक्रस रोल्पाद्वारा पहिरो पीडित विद्यार्थीलाई पोसाक

कार्तिक, रोल्पा । नेपाल रेडक्रस सोसाइटी, रोल्पाले पहिरो पीडित विद्यार्थीका लागि विद्यालय पोसाक उपलब्ध गराएको छ । बिहीबार जङ्कोटमै आयोजित कार्यक्रममा पहिरो पीडित ४३ विद्यार्थीलाई विद्यालय पोसाक हस्तान्तरण गरिएको रेडक्रस रोल्पाका सभापति डीबी. घर्तीमगरले जानकारी दिए ।

रेडक्रसले पीडित महिलाहरुका लागि १६ प्रकारका महिला मर्यादा सामग्रीसहित झोला समेत हस्तान्तरण गरेको छ । पहिरो जानुवित्तिकै त्रिपाल लगायतका अत्यावश्यक बस्तुहरु पनि पीडितकै घरमा पुगी हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस