
काठमाडौँ । नेपाली फिल्मका अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर गम्भीर घाइते भएका छन्।
शुक्रबार विहान करिब पोखराको नदीपुर–३ मा घाँस काट्न जाने क्रममा उनी भीरबाट लडेका थिए।
लडेर घाइते भएका घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए।
प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार