‘पारा’को संशोधित गीत र भिडियो आउने

१६कार्तिक, काठमाडौँ ।  नेपाली सांगीतिक बजारमा केहि समय यता भिटेनको चर्चा छ ।

भिटेनको उपनामले चर्चामा रहेका र्‍यापर समिर घिसिङले आफ्नो नयाँ र्‍याप ‘पारा’ सार्वजनिक गरेसँगै चर्चामा आएका हुन् । उनले गीतमा प्रयोग गरेको आपत्तिजनक शब्दहरुले गर्दा उनि प्रहरीको कारवाहीमा पर्ने संकेत देखिएको हो ।

यसैबीच प्रहरीले कारवाही गर्ने थाहा पाएपछी भिटेनले आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल आधिकारिक फेसबुक पेजमार्फत विज्ञाप्ति सार्वजनिक गर्दै नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरेर नयाँ गीत तयार हुने जनाएका छन् ।

विज्ञप्तिअनुसार कात्तिक १३ गते नै उक्त गीत युट्युबबाट हटाइएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस