१७ कार्तिक, दाङ । दाङमा व्यवसायीक रुपमा पुष्प खेती गर्न थालिएको छ । तिहार र शुभ कार्यका लागि लक्षित गरी पछिल्लो समय यहाँका मानिसले सामुहिक र एकल रुपमा फूल खेती गरी ढकमक्क फूल फुलाएका छन् ।

सुनछहरी गाउँपालिका ७ जेलवाङ रोल्पा घर भएका लोकेन्द्र रोकामगरले दाङको घोराहीम ८ वर्षदेखि सयपत्री फूलको खेती गरिरहेका छन् ।

अन्नबालीमा भन्दा तेब्बरसम्म फाइदा हुने भएपछि रोकामगरले १६ कठ्टा जग्गा लिजमा लिएर ढकमक्क फूल पुलाएका छन् ।


आजभोली प्रति किलो ५ देखि ७ सय रुपैयाँमा फूल विक्री भइरहेको छ । उनेको माला एउटालाई ८० देखि २०० रुपैयाँसम्म विक्री हुने गरेको छ । यो वर्ष झन्डै १० हजार माला उत्पादन हुने रोकामगरको भनाई छ । माग अनुसार माला पुर्ति हुन सकेको छैन् । फूल किन्नको लागि ग्राह बारीमै पुग्ने गरेका छन् ।

त्यस्तै तुलसीपुरका पाँच जना युवाहरु मिलेर ७ कठ्ठा जग्गामा सामूहिक रुपमा सयपत्री फूल लगाएका छन् ।

फूल खेतीको व्यवसाय नौलो भएको र कमै मात्रामा खेती भएकाले यसको बजार राम्रो हुने भन्दै युवाहरु फूल खेतीमा आकर्षित भएका हुन । यो वर्ष पाँच हजारबढी माला उत्पादन हुने उनीहरुको भनाई छ । तिहारका लागि सयपत्रीको माग अत्याधिक रहेको छ ।

थोरै लगानीमा मनग्य आम्दानी हुनेभएपछि फूल खेतीको व्यवसाय गर्न तर्फ युवा, महिलाहरु सामूहिक रुपमा लागेका छन् । दाङमा १० विघा भन्दाबढी जग्गामा पुष्प खेती गरिएको छ । झन्डै दुई दर्जन पुष्प व्यवसायी रहेको कृषि ज्ञान केन्द्रको भनाई छ ।