काठमाडौं । निर्माता छविराज ओझाले ‘कसले चोर्यो मन २’ बनाउने भएका छन् ।
फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठले ‘कसले चोर्यो मेरो मन’बाट फिल्म निर्देशनमा डेव्यु गरेका हुन् ।
तत्कालिन रेखा फिल्मस्को ब्यानरमा बनेको ‘कसले चोर्यो मेरो मन’ मा रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका थिए ।
रेखा र आर्यनसँगै फिल्ममा निर शाह र डेव्यु कलाकार किशोर खतिवडाको अभिनय थियो ।
प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार