२६कार्तिक, रोल्पा । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको निर्वाचित कार्यसमिति विघटन गरिएको छ। डी.बी. घर्तीमगर सभापति रहेको जिल्ला शाखा विघटन गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले विघटन भएको जिल्ला शाखाको ठाउँमा नयाँ तदर्थ समिति गठन गरिएको छ।

बालकृष्ण आचार्य सभापतित्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको जनाएको छ।

रेडक्रसका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले रोल्पा जिल्ला शाखालाई पत्र लेखी वर्तमान जिल्ला कार्यसमिति विघटन गरी नयाँ जिल्ला तदर्थ समिति गठन भएको जानकारी दिएका छन्।

तदर्थ समितिको उपसभापतीमा कर्णबहादुर बाँठामगर र पिपला घर्तीमगर, मन्त्रीमा भोलानाथ आचार्य, कोषाध्यक्षमा ऋषिराम रोकामगर, उपमन्त्रीमा ओम खत्री, उपकोषाध्यक्षमा दिनमणी भण्डारी, सदस्यहरुमा देउजन थापामगर, सुवास चन्द, बन्दना घर्तीमगर, भरत नेपाली, हस्तमाली बाँठामगर, देवा आचार्य, कमानसिंह पुनमगर र भद्रा घर्तीमगरलाई तोकिएको छ।

रेडक्रस केन्द्रीय कार्यालयको पत्रका अनुसार जिल्ला शाखा रोल्पाले वैधानिक दायित्व पालना  नगरेको हुनाले निर्वाचित जिल्ला शाखा विघटन गरिएको जनाएको छ ।