कार्यकारी पदमा जानै पाउदैनन् दलित

समावेशीकरणको चर्को नारा दिने दलहरु नै अवसर वितरणमा कुन हदसम्मको अनुदार रहेछन भन्ने गज्जवको नमूना यस पटको स्थानीय तह निर्वाचनमा दखिएको छ । जाती, वर्ग, लिंग र क्षेत्रको समानुपातिक सहभागिताको नारा ओकल्ने तीनै राजनैतिक दलको व्यवहार भने चरम अनुदारवादी देखिएको छ । टिकट वितरणमा कथित उपल्लो जातीको आफ्नो हात जगन्नाथ हुदाँ दलितहरु अवसरवाट किनारा लाग्ने गरेका छन ।

दलित अधिकारका लागी पछिल्लो परिवर्तनमा ठुलै क्षती व्यहोरेको रोल्पामा संघीयता कार्यान्वयन पछिको दोश्रो स्थानीय तह निर्वाचनमा समेत दलितहरु स्थानीय सरकारको नेतृत्व गर्ने अवसरवाट वंचित भए ।

सशस्त्र युद्धलाई जातीय उत्पीडन विरुद्धको विद्रोह भन्थे विद्रोही माओवादी । यही विद्रोहमा जातियमुक्तीको सपना देखेर युद्धमा होमिए दलित । अहिले शासन व्यवस्था फेरिएको छ । एकात्मकको ठाउँमा संघात्मक शासन प्रणाली शुरु भएको छ । राजतन्त्रको ठाउँ गणतन्त्रले लिएको छ । दलित अधिकारको चर्को कुरा गर्ने विद्रोही माओवादी अहिले सत्ताधारी भएको छ । समग्रमा व्यवस्था फेरिएको छ, तर दलितको अवस्था भने जस्ताको तस्तै ।

रोल्पामै स्थानीय निर्वाचनमा यो समुदायको प्रतिनिधित्वको अवस्था हरिविजोग छ । जिल्लाको कुल जनसंख्याको १८ प्रतिशत जनसंख्या ओगड्ने यो समुदायको रोल््पाका स्थानीय तहको कार्यकारी पदमा भने निकै न्यून सहभागिता देखिएको छ । स्थानीय तह प्रमुख उपप्रमुख पदमा शुन्य सहभागिता रहेको यो समुदायलाई जिल्लाका ७२ मध्ये१ वडाध्यक्षमा चित्त वुझाउनु परेको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रोल्पा जिल्लामै दलित समुदायवाट वडाध्यक्ष जित्ने एकमात्र व्यक्ति हुन टोपवहादुर नेपाली । रोल्पा नगरपालिका वडा नं ५ वाट विजयी उनी नेकपा माओवादी केन्द्रको तर्फवाट उम्मेदवार वनी ४९५ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन । उनको निकटतम प्रतिस्पर्र्धी नेपाली काँग्रेसका नन्दवहादुर महराले ४०३ मत प्राप्त गरेका थिए । नेपाली २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत वडाध्यक्ष विजयी भएका थिए ।

त्रिवेणी गाउँपालिका अध्यक्षमा हरिप्रसाद कामी रोल्पाको स्थानीय तहमा अध्यक्षको उम्मेदवार वन्ने एक मात्र दलित प्रतिनिधि हुन । उनी त्रिवेणी गाउँपालिकावाट राष्ट्रिय जनमोर्चाको तर्फवाट गाउँपालिका अध्यक्षको उमेदवार वनेका थिए । उनले ३४ मत प्राप्त गरेका थिए ।

भाबिसरा वन्दपुरे खड्का स्थानीय तहमा दलित महिलाको तर्फवाट त्रिवेणी गाउँपालिका उपाध्यक्षको उम्मेदवार वनिन । नेकपा माओवादी केन्द्रको तर्फवाट उम्मेदवार वनेकी उनले तीन हजार ८३५ मत प्राप्त गरेकी थिईन । काँग्रेस एमाले गठवन्धनको तर्फवाट नेपाली काँग्रेसको उम्मेदवार वनेका लेखमणी डाँगीले चार हाजर ५७६ का साथ विजयी हुदा वन्दीपुरेको गाउँपालिका उपाध्यक्ष वन्ने यात्रामा विराम लागेको हो ।
रोल्पावाटै गाउँपालिका उपाध्यक्षमा उम्मेदवार वन्ने अर्की दलित महिला हुन गौसरी दमाई । रुन्टीगढी गाउँपालिकामा राप्रपाको तर्फवाट उपाध्यक्षको उम्मेदवार वनेकी उनले १६ मत प्राप्त गरेकी थिईन ।

माडी गाउँपालिकामा काँग्रेस एमाले गठवन्धनमा काँग्रेसको तर्फवाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार वनेका कृष्ण विक तीन हजार ३० मतका साथ पराजित भए । उनलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठवन्धनको तर्फवाट माओवादी केन्द्रका उम्मेदवार वनेकी जयपुरी घर्तीमगरले तीन हजार ९६६ मतका साथ हराएकी थिईन ।

माडी गाउँपालिका वडा नं २ मा राप्रपाको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेकी तीलकुमारी परियारले ३ मत प्राप्त गरेकी थिईन । यसैगरि त्रिवेणी गाउँपालिका वडा नं. ५ मा राप्रपाको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका झुपाल दमाईले ४ मत प्राप्त गरेका थिए ।

थवाङ गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवारी दिएका तिर्थनारायण सार्कीले ३६६ मत प्राप्त गरी पराजित भए । उनलाई नेकपा माओवादी केन्द्रका अभिलाशा वुढामगरले ४२१ मतका साथ पराजित गरेका थिए । सार्कीलाई विप्लव नेतृत्वको नेकपाको साथ थियो । सोही गाउँपालिकाको वडा नं ४ मा नेकपा माओवादी केन्द्रका पुनवहादुर कामी ३१२ मतका साथ पराजित भए । नेकपा एमालेका उम्मेदवार हिक्मत घर्तीमगरले ३३७ मतका साथ उनलाई पराजित गरेका थिए ।

रुन्टीगढी गाउँपालिका वडान १ को वडाध्यक्षमा एमालेवाट हेमराज विक २२० मत प्राप्त गरे । सो वडामा नेपाली काँग्रेसका थमवहादुर घर्तीमगरले ६३२ मत प्राप्त गरि विजयी हुदा विक तेश्रो भएका थिए । सोही वडामा राजमोका कुले कामीले ४ मत प्राप्त गरेका थिए । रुन्टीगढी गाउँपालिका वडा नं ८ मा राजमोको तर्फवाट उम्मेदवार वनेका सर्वजीत कामी ३० मतका साथ पराजित भएका थिए ।

रोल्पा नगरपालिका वडा नं ९ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका ईविराम विकले २४ मत ल्याई चुनाव हारेका थिए । वडाध्यक्षको उम्मेदवार ईविरामलाई उम्मेदवारी फिर्ता लिन फोनवाट वारम्वार धम्कि आईरहेका कारण प्रचार प्रसार समेत गर्न पाएका थिएनन । उनलाई नेकपा माओवादी केन्द्र निकट कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन धम्क्याएका र गाउँमा प्रचार प्रसार गर्न निशेष गरेका थिए ।

लुंग्री गाउँपालिका वडा नं ४ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका साउने कामीले ३८ मत ल्याई पराजित भएका थिए । सोही गाउँपालिकाको वडा नं ५ मा नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका सूर्यवहादुर कामी ३५६ मतका साथ पराजित भएका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार रीखवहादुर रोकाले ५५९ मतका ल्याई कामीलाई हराएका थिए । सोही गाउँपालिकाको वडा नं ७ मा नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उमेदवार रहेका झगलाल कामीले २८६ मत प्राप्त गरि पराजित भए । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार हिरावहादुर पुन संग ५१८ मतका साथ पराजित भएका थिए ।

गंगादेव गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार टीकाराम नेपालीले २८६ का साथ वडाध्यक्ष हारे । नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका अम्मरवहादुर खत्रीले ३६६ मत ल्याई नेपालीलाई हराएका थिए । नेपालीलाई विप्लव नेतृत्वको नेकपाको साथ थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेका सोही वडाका भुपाल दमाईले यस पटक निर्वाचन हारे । नेकपा माओवादी केन्द्रको तर्फवाट पुनः वडाध्यक्षको उम्मेदवार वनेका भुपाल २३९ मतका साथ तेश्रो भएका थिए ।

सोही गाउँपालिकाको वडा नं ५ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका बलीराम दमाईले २७९ मत प्राप्त गरे । नेपाली काँग्रेसका उम्मेदवार अमृतवहादुर वुढामगरले ५५४ मत प्राप्त गर्दा एमालेका दमाई तेश्रो स्थानमा रहेका थिए ।

परिवर्तनमा ठूलो योगदान गर्ने दलितहरुलाई दलले उम्मेदवार नवनाउनु दुखत भएको नेपाल दलित संघका पुर्व केन्द्रीय सदस्य मोहन परियारको भनाई छ । पहिलो कुरा त दलितलाई उमेदवार वन्न वाटै रोक्ने गरिन्छ, उम्मेदवार वनाई हाले हार्ने क्षेत्रमा उमेदवार वनाईन्छ परियारले भने । दलितले चूनाव जित्न सक्दैनन भन्ने सुनिन्छ परियारले भने ।

एक दशक लामो सशस्त्र युद्धमा ९६९ जना रोल्पालीले ज्यान गुमाउदा १०६ जना दलितले समेत ज्यान गुमाएका थिए । द्धन्द अवधिमा राज्य पक्षवाट १७ महिला र ७३ पुरुष गरि ९० जना दलितले ज्यान गुमाए । विद्रोही पक्षवाट १ महिला र १४ पुरुष गरि १५ जना दलितको ज्यान जाँदा १ दलित कुन पक्षबाट मारिए भन्ने खुलेको छैन । राज्य र विद्राही वाट रोल्पामा १८ जना महिला र ८८ पुरुष दलितको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस