‘कस्तुरी’ गीतमा सुशिलासँग रोमान्टिक नाजिर

२८कार्तिक, काठडौँ । गीतकार मधु पौडेलको शब्द तथा संगीतकार प्रहाल्द बोगटीको संगीत समावेश नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘कस्तुरी’ बोलको गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन्।

सुमन र प्रविशाको सहकार्य रहेको गीत ‘कति माया गर्छौ’ लाई रुचाइएको थियो। ‘कस्तुरी’को भिडिओमा पनि ‘कति माया गर्छौ’मा देखिएका अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापा फिचर्ड भएका छन्।

शान थापाको निर्देशनमा बनेको भिडिओमा राजिव समर सहायक निर्देशकको रुपमा छन्। बुद्ध थापाले खिचेको भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस