रोल्पामा बर्षमानको अग्रता कायमै

५ मंसिर, रोल्पा । प्रतिनिधिसभामा गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका वर्षमान पुनलले दोब्बरभन्दा बढी मतको अग्रता बनाएका छन् ।

प्रतिनिधि सभाको २ हजार ६ सय मतगणना गर्दा पुनले १ हजार ६ सय ८० ल्याउँदा नेकपा (एमाले)का पुर्ण बुढाले ५ सय ५४ मत प्राप्त गरेका छन् । पुन र बुढामगर बीच १ हजार ९६ मतको मतान्तर रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लीला रावलले १८२ मत प्राप्त गरेकी छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका रामबहादुर वली क्षेत्रीले ३२ मत प्राप्त गरेका छन् । भने नेपाल मजदुर किसान पार्टीका नातीभाइ ह्‍योम्बा ६ मत प्राप्त गरेका छन् ।

रोल्पा प्रदेश सभा (क)मा ३ हजार ११३ मत गणना गर्दा गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले १ हजार ८ सय २९ मत प्राप्त गरका छन् । भने एमालेका कमलबहादुर बुढाथोकीले ७ सय २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै रोल्पा सभा (ख)मा २ हजार १९१ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुनले ९ सय ७३ मत प्राप्त गरेका छन् । भने गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका अमसिंह पुनले ५ सय ४१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस