रोल्पामा छायांकन गरिएको वेब सिरिज ‘‘बर्खा”को ट्रेलर सार्वजनिक

रोल्पा । राेल्पाका विभिन्न ठाँउमा छाया‌ंकन गिरएकाे  वेब सिरिज ‘‘बर्खा” को ट्रेलर सार्वजनिक गरिएकाे छ । जनक घर्ती मगरको लेखत तथा निदेशनमा रहेको सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो ।

त्रिकोणात्मक प्रेमकथालाई हाँस्य रुपमा चित्रण गरिएको यस सिरिजमा जनक घर्तीमगर, सिर्जु केसी, केशव घर्तीमगर, लिन ओली, निखिल सेन्चुरी, सुरेश गिरी, ईशरा घर्तीमगर, तेलिशा थापा लगायतको अभिनय रहेको छ ।

नारायण दहितको छायांकन रहेको सिरिजलाई संदेश शाहले सम्पादन गरेका हुन् । सिरिजको छायांकन रोल्पाका सुलिचौर, घोडागाउँ, नुवाकोट लगायतका स्थानहरुमा गरिएको हो । जीएम मुभिज प्रोडक्सनले निर्माण गरेको सिरिजको ट्रेलर सोहि कम्पनिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक  गरिएको हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस