पत्रकार महासंघ रोल्पाद्वारा कैदी बन्दीलाई मास्क साबुन वितरण

रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पा शाखाले १५ औँ स्थापना दिवसको अवसरमा जिल्ला कारागार रोल्पाका कैदी बन्दीहरुलाई मास्क र सावुन वितरण गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण आज ५०० थान मास्क र ५० पिस सावुन वितरण गरिएको पत्रकार महासंघ रोल्पाले जनाएको छ ।

मंसिर १५ र १६ गते २ दिन आफ्नो स्थापना दिवस मनाउने महासंघले १६ गते शुभकामना आदानप्रदान तथा श्रमजीवि पत्रकारहरुको समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम गर्ने नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले बताएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस