१५मंसिर, रोल्पा । विद्यालयलाई रोल्पाका एक युवाले एक लाख रुपैँया आर्थिक सहयोग गरेका छन् । जिल्लाको सुनछहरी गाउँपालिका ४ स्युरीको फुलवारी टोलका दलबहादुर गुरुङले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको अक्षयकोषमा रु १ लाख रुपैयाँ सहयोग गरेका हुन ।
निर्माण व्यसायि समेत रहेका गुरुङले विद्यालय अभिभावक भेलाको अवसरमा विद्यालयले स्थापना गरेको अक्षय कोषमा जम्मा गरेका हुन । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई आर्थिक सहयोग गरेको गुरुङले बताए ।
विद्यालयले स्थापना गरेको अक्षयकोषमा तिहारको अवसरमा संचालन गरेको देउसी भैलो कार्यक्रमबाट १ लाख ४५ हजार ८ सय बढी रकम जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर घर्तीले बताएका छन् ।
प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार