त्रिवेणी गाउँपालिका रोल्पामा कोभिड-१९ अस्थायी अस्पताल उद्धाटन

१८मंसिर, रोल्पा । संघीय सरकारले कोभिड -१९ महामारी व्यवस्थापन गर्न प्रत्येक स्थानीय तहमा तत्काल ५शैय्याको अस्पतालबाट सेवा शुरु गर्ने उद्देश्य अनुरुप  त्रिवेणी गाउँपालिका रोल्पामा पनि ५शैय्याको कोभिड-१९ को अस्थायी अस्पतालको उदघाटन गरिएको छ।

स्थानीय तहमा रहेका आधारभूत स्वास्थ सेवा केन्द्र तथा नेर्पा स्वास्थ चौकीमा रहेको तहरामा तत्काल कोभिड-१९का बिरामीहरुको उपचार व्यवस्थापनको लागि  गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले मैनबत्ति बालेर कोभिड-१९को अस्थायी अस्पतालको उदघाटन गरेका हुन्।

उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले कोभिड-१९को महामारी प्रायःसबै जिल्ला र स्थानीय तहहरुमा प्रभावित छ त्यसकारण संक्रमण हाम्रो गाउँपालिकामा फैलिने क्रम अझै बददो क्रममा रहेको देखिन्छ । भने संक्रमित बिरामीहरुलाई राख्न अस्पताल आवश्यक भएकाले संघीय सरकारको १० लाख विनियोजित रकमको सहयोग मार्फत यस गाउँपालिकामा ५ बेडको अस्पताल सञ्चालमा ल्याएको बताए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले त्रिवेणी गाउँपालिकाको आर्थिक वर्ष २०७७/0७८ को नीति तथा कार्यक्रम बमोजिम स्वास्थ्य क्षेत्रमा एउटा डाक्टरको आवश्यकता पर्छ । एउटा डाक्टरको पदस्थापना गरेर त्रिवेणी बासिलाई सेवा सुविधा सम्पन्न गर्नु पर्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गर्दै थियौं भने नेपाल सरकारको घोषित निति कार्यक्रमले प्रत्येक स्थानीय तहमा ५शैय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम ल्याएकाेले सोहि बमोजिम कोरोना अस्पताल निर्माण भएको छ त्यसैले त्रिवेणी बासिले गुणस्तरीय स्वास्थ्य सेवा पाउँने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस