
१९मंसिर, काठमाडौं । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख १० हजार नाघेको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन १२ हजार ३ सय ५ जना संक्रमितको मृत्यु भएको छ ।
यसरी विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख १० हजार ७ सय २९ पुगेको हो ।
त्यस्तै विश्वमा कोरोना संक्रमतिको संख्या ६ करोड ५४ लाख ९१ हजार ३ सय ३७ पुगेको छ ।
त्यस्तै विश्व्मा ४ करोड ५३ लाख ३५ हजार १२ सय जना संक्रमित उपचारपछि निको भएका छन् ।
प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार