विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ५४ लाख नाघ्यो

१९मंसिर, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ५४ लाख नाघेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ५८ हजार ४ सय ८९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६ करोड ५४ लाख ९५ हजार ९ सय ९५ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन १२ हजार ३ सय ४६ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमितको संख्या १५ लाख १० हजार ७ सय ७० पुगेको छ ।

त्यस्तै विश्वमा ४ करोड ५३ लाख ३७ हजार ४ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस