विवाह गर्दै मनोज गजुरेल

२२मंसिर, काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले पुनः विवाह गर्ने भएका छन्। आफूले विवाह गर्न लागेको उनले स्वीकार गरेका छन्  । तर उनले कोसँग र कहिले भन्ने बारेमा भने केही खुलाएनन् ।

तपाईंहरूले जे सुन्नुभयो त्यो सत्य हो, बाँकी कुरा समय आएपछि सार्वजनिक गर्नेछुु, उनले भने। उनले केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्ने उल्लेख गरे ।

मिना ढकालसँको वैवाहिक सम्बन्ध केही वर्ष अघि टुंगिएको थियो । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच डिभोर्स भएको थियो ।उनीहरुका २० वर्षका एक छोरा र १३ वर्षकी छोरी छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस