रोल्पाका अपांगता भएकाहरुको गुनासोः संघीयताको अनुभूती भएन

२५मंसिर,रोल्पा। संघीयता सँगै घर आगनमै सरकार आएको भनिए पनि रोल्पाका अपांगहरुले त्यसको अनुभूती गर्न नपाएको बताएका छन । संविधान तथा नियम कानूनमा लेखिएका अपांगका अधिकार आफुहरुले अझैसम्म उपभोग गर्न नपाएको उनीहरुको गुनासो छ ।

स्थानीय सरकारले द्धन्दका बेला अंग गुमाएकाहरुलाई मात्रै हेरेको दृष्टीविहिन चित्रबहादुर डाँगीले गुनासो गरे । वडा कार्यालयले हामीलाई वास्ता गर्दैन डाँगीले भने । कोरोनाका कारण सिर्जित समस्याबाट आफुहरु सबभन्दा बढी पिडित भएपनि हाम्रा समस्या कसैले हेरेनन डाँगीले भने । जिल्लाका स्थानीय तहहरुले अपांगको माग अनुसार कार्यक्रम नल्याई आफुखुसी कार्यक्रम ल्याउने र बजेट खर्च गर्ने गरेको डाँगीको आरोप छ ।

दृष्टिविहिनहरुले पढ्दै गरेको भएपनि जीविकोपार्जनका लागी उनीहरु अन्ततः सडकमा पुगेर गाउने बाहेक अर्को विकल्प छैन, अर्का दृष्टिविहिन भीमबहादुर विकले भने । पढेका दृष्टिविहिनहरुलाई पनि जागिर दिदैनन विकले भने । जीवनभर दुवै आँखा गुमाएका दृष्टिविहिनहरुलाई एकल महिला र जेष्ठ नागरिक सरह पनि राज्यले व्यवहार गरेको छैन विकले भने । एकल महिला र जेष्ठ नागरिकहरुलाई मासिक २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिदै आएको सरकारले दुवै आँखा गुमाएका दृष्टिविहिनलाई भने मासिक १ हजार ६ सयमात्रै भत्ता दिएर विभेद गरेको विकको भनाई छ ।

सरकारी तथा गैरसरकारी कार्यालयहरुले करारमा कर्मचारी भर्ना गर्दा अपांगहरुलाई काम गर्न नसक्ने भन्दै विभेद गर्छन, शारिरीक अपांग बन्दना घर्तीले भनिन । अपांगहरु काम गर्न सक्षम रहदारहदै पनि विभेद हुने गरेको छ घर्तीले भनिन । जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुमा खोलिने करार कर्मचारी भर्नाका लागि आवेदन दिए पनि आफु सधै अयोग्य हुने गरेको उनको भनाई छ ।

संघीयतापछि सबै काम स्थानीय सरकारका कर्मचारीहरुले गर्न थालेपछि अपांगताको क्षेत्रमा काम गर्ने संस्थाहरु निस्कृय भएका छन्, अपांग कल्याण समाज रोल्पाका अध्यक्ष दिनेश आचार्यले भने । जिल्लामा कुन अपांग कति छन्, भन्ने तथ्यांक नहँुदा अपांगको क्षेत्रमा वकालत गर्न धौ भईरहेको छ आचार्यले भने । कोरोनाका कारण सिर्जित समस्याको मारमा अपांगहरु परेको आचार्यको भनाई छ । मास्क, सेनिटाईजर र सावुन जस्ता आधारभू सुविधाबाट पनि अपांगहरु बन्चित भए आचार्यले भने । जिल्लामा लामो समयपछि जिल्लाका विद्यालयहरु खुलेपनि अपांग विद्यार्थीहरु अझै विद्यालय आउन नपाएर घरमै उकुसमुकुसको वातावरणमा बस्न वाध्य भएको आर्चायको भनाई छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस