राेल्पामा बलात्कार, यौन दुर्व्यहार र घरेलु हिंसाका घटना बढ्दै गएकोमा सरोकारवाला चिन्तित

२पुस,रोल्पा । रोल्पामा बलात्कार, यौन दुर्व्यहार र घरेलु हिंसा बढ्दै गएको प्रति जिल्लाका सरोकारवाहरुले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को पूर्व समीक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त चिन्ता व्यक्त गरेका हुन ।

सभ्य समाजका कलंकको रुपमा रहेका बलात्कार,  यौन दुर्व्यहार र घरेलु हिंसाका घटना वर्षेनी बढ्दै जानु दुःखत रहेको भन्दै यसको नियन्त्रणमा चासो दिनुपर्ने उनीहरुको भनाई छ । मान्छेलाई निर्भय पूर्वक बाच्न पाउने अधिकार माथि गम्भिर प्रश्न उठाईरहेका यस्ता समस्या बढ्न नदिन नागरिक सचेतना जरुरी भएको मानव अधिकारकर्मी घनश्याम आचार्यको भनाई छ । मानव अधिकारकर्मी र सरकारी निकायको मुख ताक्ने प्रवृत्ती मौलाउदै जाँदा यस्ता घटनाले प्रसय पाईरहेका छन् आचार्यले भने ।–‘ नागरिकहरु नै यस विषयमा चनाखो हुनुपर्ने आचार्यको तर्क छ ।

समाजमा लुक्न नसकेका घटना मात्रै बाहिर आउने गरेको महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यको तर्क छ । ठूलो संख्याका घटना गुपचुपमै रहने समस्याले यस्ता अपराध बढिरहेका छन् आचार्यले भनिन । बलात्कार, यौन दुर्व्यहार र घरेलु हिंसाका घटनामा महिला प्रताडित हुने गरेको बताउदै यसको रोकथामका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने आचार्यको भनाई छ ।

सन् २०२० मा रोल्पा जिल्लामा नागरिक राजनैतिक अधिकार तथा बलात्कार, यौन दुर्व्यहार र घरेलु हिंसाका ३२ वटा घटना आफुले अभिलेखिकरण गरेको ईन्सेक रोल्पाका जिल्ला प्रतिनिधि हरिसरा घर्तीले जानकारी दिईन । नागरिक र राजनैतिक अधिकार अन्तर्गत ५ वटा र बलात्कार, यौनदुर्व्यहार तथा घरेलु हिंसाका २७ घटना अभिलेखिकरण भएको छ घर्तीले भनिन ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस