‘रेडी भएर बस्नु’मा केकी र बिजु

२ पुष,काठमाडौँ । आर.के. श्रेष्ठ र तारा श्रृष मगरको स्वर रहेको गीत ‘रेडी भएर बस्नु’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा राजेन्द्र थापाको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा केकी अधिकारी र बिजु पार्की फिचर्ड छन् । केकीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा विधान कार्कीको निर्देशन छ ।

माधव शर्मा एसोसियट निर्देशक रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपक मदन सिंहको कोरियोग्राफी, उत्सव दाहालको छायांकन छ । भिडियोमा निर्देशक कार्कीले युवा र युवतीबिचको रोमान्टिक पललाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस