शिक्षक सेवा आयोगको ११औं नियमावली संशोधन

फाइल फाेटाे

२ पुस, काठमाडौं। सरकारले शिक्षक सेवा आयोगको ११औं नियमावली संशोधन गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले शिक्षक सेवा आयोगको उक्त नियमावली संशोधन गरेको हो ।

आयोगले नियमावलीको १०औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको भन्‍दै उक्त प्रावधानलाई संशोधन गरी फरक फरक प्रावधानमा परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो ।

आयोगका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णाङ्कको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णाङ्कको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस