१.
जीवन के रहेछ माटो र खरानी बाहेक ।
रात अँगाल्ने पिन छन् बिहानी बाहेक ।।
अस्पतालमा डाक्टर भन्थे भिटामिन दिनु ।
सकिएन आमालाई दिन चौलानी बाहेक ।।
इतिहास पनि भएन यहाँ वीरताको गथा ।
केही सुनाऊ मैले नसुनेको कहानि बाहेक ।।
यसरी किन सिध्याउ छन् आफूले आफैँलाई ।
हुँदैन सायद कोही यौवनमा जवानी बाहेक ।।
२.
जिन्दगीको कल्पना बेगर आमा हुन सक्दैन ।
हर बिहानी उनको दखल बिना हुन सक्दैन ।।
धेरै छन् यहाँ आमाको दाजोमा प्रेम गर्छु भने ।
दुनियाँको याे प्रेममा खास ममता हुन सक्दैन ।।
तिलान्जली दिएर आफ्ना हरेक सपनाहरु ।
आफू भुल्ने आमा जस्तो दुनियाँ हुन सक्दैन ।।
जरुरत परेन कुनै विकल्पमा न्यानो पनाको ।
आमाको आचल जस्तो कपडा हुन सक्दैन ।।
३.
हाम्रो प्रेम कहानी तिमीले छोडेको ठाउँमा छ ।
सोच्नु पर्छ यो कसैले अपहरण गर्ने दाउमा छ ।।
विश्वास घाती थियाै व्यापारी पनि भएछाैँ ।
सोध्दै छाैँ रे मेरो जीवन कतिको भाउमा छ ।।
मन नभएको मान्छे या खै के भनु तिमीलाई ।
सवार गर्दा सोचेनौ याे छाती तिम्रो पाउमा छ ।।
यसरी सवार गरिरहदा बीचमा पहाड आयो ।
कसरी जोगाउ जीवन गोडाहरु दुबै नाउमा छ।।
सम्बन्ध विच्छेदको निवेदन पठाए छौ याे भनेर ।
सहयात्री बन्न सक्दैन म तिम्रो घर गाउँमा छ ।।
४.
युद्धले बस्तीहरुको सम्बोधन गर्छु भन्थ्यो ।
अब दु:खहरुलाई अनुमोदन गर्छु भन्थ्यो ।।
खोला, नाला अनि भिरपाखा फेरिने छन् ।
यसरी म याे देशको परिवर्तन गर्छु भन्थ्यो ।।
सामाजिक पछौटे हटाइ समानता ल्याउन ।
कुसंस्कार मेटाउने दरिलो मन गर्छु भन्थ्यो ।।
छिचोल्दै अभाव र पीडाहरु तोडफोड गरोस् ।
गरिबी फुटोस् उत्पादन त्यो घन गर्छु भन्थ्यो ।।


