
११पुस,काठमाडौँ । कलाकार सरोज खनालद्वारा निर्देशित पहिलो तथा केसी डान्स सेन्टरद्वारा निर्मित लघु चलचित्र ‘छाउ पीडा’को भिडियो सार्वजनिक गरिएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीमा केहि महिना अगाडि अमेरिका अभिनेता खनालले निर्देशन गरेको लघु चलचित्र ‘छाउ पीडा’ जुममार्फत सार्वजनिक गरिएको हो ।
लघुकथालाई नवराज पराजुलीले लेखेका छन् । यो लघु चलचित्रमा समीर मानन्धरको छायांकन, राजिव श्रेष्ठको सम्पादन–ध्वनी रहेको छ ।
यो लघु चलचित्रमा रीमा केसी, रुबिना प्रजापति, दिप्ति अधिकारी, रोमा भण्डारी, रीया श्रेष्ठ, आयुषा ढकाल, अंकिता कोइराला, रिचा ढकाल, लगायतको अभिनय देख्न सकिन्छ ।
प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार