७ पुस, काठमाडौँ । सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकलाई गुटगट भेलाको संज्ञा दिएका छन् ।

बरिष्ठ नेता नेपालले ओली पक्षीय बैठकलाई पार्टीको आधिकारिक बैठक नभएको जिकिर गरेका छन् ।

आज बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेको नेपाल–दाहाल पक्षीय स्थायी कमिटी बैठकपछि कुरा गर्दै बालुवाटार बैठक गुटगत भेला भएको बताए ।

नेपाल–दाहाल पक्षको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय समेत गरेको छ । दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले बताए ।