Photo : breaknlinks
३०जेठ, काठमाडाैँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ।
उपत्याकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।
प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार


