प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट घोषणा

१असार,काठमाडौँ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ ।

चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ ।

मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस