एमाले सचिव रोकाको हृदयाघातका कारण मृत्यु

२१पुष, रोल्पा । नेकपा (एमाले) रोल्पाका सचिव निमप्रसाद रोकाको हृदयाघातका कारण निधन भएको छ।

जिल्ला अधिवेशनको पूर्वतयारीमा जुटेका उनी पार्टी काम सकेर घर पुगेको पारिवारिक स्रोतले बताएको छ। लगत्तै, स्वास्थ्यमा समस्या देखिएपछि रोकालाई तत्काल अस्पताल भर्ना गरिएको थियो।

उनको नुवागाउँ अस्पतालमा ज्यान गएको एमाले रोल्पाले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस