हिंसापीडीतलाई रेउघामा ‘सेफ हाउस’

१४फागुन, लिबाङ । रोल्पा नगरपालिकाले रेउघामा सुरक्षित आवास गृह (सेफ हाउस) को निर्माण गरिएको छ । सेफ हाउसको शनिबार रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीले रिवन काटेर उद्घाटन गरेका हुन ।

विभिन्न प्रकृतिका हिंसामा परेका महिला तथा बालबालिकालाई आश्रय दिएर संरक्षण गर्नका लागि तीन कोठा भएको एक तले भवन निर्माण गरिएको हो।

रोल्पा नगरपालिकाको १५ लाख ५० हजार, स्वरोजगारको १ लाख १४ हजार, समुदायको लागत २ लाख ३३ हजार गरी जम्मा १८ लाख ९ हजार ७ सयको लागतमा भवन निर्माण गरिएको हो । सेफ हाउसमा एक हलकोठा, एक अटेच बेडरुम, एक किचनरुम रहेको छ ।

हिंसा पिडित महिला तथा बालबालिकाका लागि सुरक्षित आश्रयस्थलका रुपमा निर्माण गरिएको ‘सेफ हाउस’ले नगर भित्रका तथा बाहिरका हिंसापिडित महिला तथा किशोरीहरुको उद्धार गर्ने नगरप्रमुख पूर्ण केसीले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस