मधेश प्रदेशको बजेट ४६ अर्ब ८८ करोड

२ असार, काठमाडाैँ। मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ।

बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन्।

त्यसमध्ये चालु तर्फ २१ अर्ब ७७ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव २१ प्रतिशत र पुँजीतर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत छ।

त्यसैगरी, वित्तीय व्यस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शुन्य दशमलव ३५ प्रतिशत रहेको छ। चालु आवमा प्रदेश सरकारको बजेट करिब ३४ अर्ब छ।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस