३१जेठ, रोल्पा । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै रोल्पाका लघुवित्त पीडितहरु आन्दोलित भएका छन् । लघुवित्तीय संस्थाको चर्को ब्याजका कारण घरबार नै बिग्रन थालेको भन्दै लघुवित्त पीडितहरु आन्दोलित भएका हुन् ।
रोल्पाका विभिन्न ठाउँबाट लिबाङमा भेला भएका लघुवित्त पिडितहरुले ‘ऋणाी मार्ने काम बन्द गर्नुपर्ने, सामूहिक ऋण मिनाहा हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने मागसहित विरोध प्रदर्शनमा गरेका हुन ।
पैसा तिर्न नसकेपछि लघुवित्तिय संस्थाहरुले घर मै आएर धाकधम्की दिन थालेपछि आन्दोलन गर्नु परेको ‘लघुवित्त पीडितहरुले बताएका छन् । पीडितहरूले लघुवित्तीय संस्थाहरूबाट आफूहरू सोसित भएको भन्दै खारेज हुनुपर्ने माग समेत गरेका छन् ।




प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार


