एमाले रोल्पाको अध्यक्षमा बुढामगर विजयी

रोल्पा । नेकपा (एमाले) रोल्पाको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी घनश्याम आचार्यलाई ८३ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

बुढामगरले १ सय ९५ मत प्राप्त गर्दा आचार्यले १ सय १२ मत प्राप्त गरेका छन् । अध्यक्षमा विजयी बुढामगर यसअघि एमाले रोल्पाको सचिव थिए ।

यस्तै सचिवमा नेपबहादुर थापा विजयी भएका छन् । थापाले १ सय ८२ मत ल्याउँदा सचिवका अर्का उम्मेदवार ठाकुर ओलीले १ सय १२ मत प्राप्त गरेका छन् ।

उपसचिवमा बमबहादुर पुनले १ सय ७२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी प्रेमराज बुढाले ८० मत प्राप्त गरी पराजित भएका छन् ।

महिला उपसचिवमा रमिता डाँगी २०२ मत प्राप्त गरी विजयी भएकी छन् । भने उनका निकटम प्रतिस्पधी कृष्णि गौँतमले ६१ मत प्राप्त गरेकी छन् ।

महिला उपसचिवकी अर्का उम्मेदवार तारा सेनले २५ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण आचार्यले बताए ।

एमाले राेल्पाले अध्यक्ष, उपाध्यक्ष र एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय कार्यसमिति बनाएकाे छ ।अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस