४ जेठ, रोल्पा। रोल्पामा लागू औषध (चरेश) सहित रोल्पामा ४ जना व्यक्ति पक्राउ परेका छन् । माडी गाउँपालिका २ घर्तीगाउँबाट ती व्यक्तिहरु पक्राउ परेका हुन् ।
लागू औषध सहित पक्राउ पर्नेमा माडी गाउँपालिका २ घर्तिगाउँका ३१ वर्षीय राजन गुप्ता, माडी गाउँपालिका २ पारिबाङका २२ वर्षीय सुमन बुढामगर र लोकेन्द्र बुढामगर र रोल्पा नगरपालिका २ मुलपानीका २८ वर्षीय भुपेन्द्र डाँगी रहेका छन् ।
उनीहरूलाई शरीर र राजनको कोठामा खोजतलास गर्दा ६.८ ग्राम चरेश सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत रोल्पाबाट दश दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट अनुसन्धान भैरहेको रोल्पा प्रहरीका प्रहरी निरीक्षक बिजय चापागाईंले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार


