२५ साउन, रोल्पा। जिल्ला प्रहरी कार्यालय रोल्पाले कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई १५ वर्षपछि पक्राउ गरेको छ। रोल्पाका गंगादेव गाउँपालिका ६ झाझरखोलाका ६४ वर्षीय मनबहादुर वली पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहित कुमार शाहीका अनुसार वलीलाई जिल्ला अदालत रोल्पाले २०६८ वैशाख १५ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी ३ कैद सजाय सुनाएको थियो ।
अदालतले कैद सजायको फैसला सुनाएपछि उनी फरार रहेका थिए । वलीलाई इलाका प्रहरी घर्तीगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले शनिबार पक्राउ गरेको प्रवक्ता शाहीले बताए ।
पक्राउ परेका वलीलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालत रोल्पामा बुझाइएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय रोल्पामा चलान गरिएको छ ।
रोल्पामा गत आर्थिक वर्षमा मात्र ४६ अभियुक्त पक्राउन गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता शाहीले जानकारी दिएका छन् ।


