अनुभव

काम गर्दा क्वालिटीमा कुनै कम्प्रमाइज गरिएन

हेमन्त रोकामगर (वरिष्ट इन्जिनियर)

२०७५ सालमा स्थायी नियुक्ति पाएपश्चात कोहलपुरमा काम गरेँ । त्यसपछि सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीमा काम गरेँ । त्यसपछि प्युठानमा आएँ र लगत्तै रोल्पा आएँ ।  मैले कार्यालयबाट गर्ने काम त गर्दै आएको थिएँ नै ।अफिस भन्दा बाहिर आएर सत्प्रयास समूहसँग जोडिन पाएँ । न्यानो माया पाएँ ।सत्प्रयास समूहले आयोजना गरेको कार्यक्रममा मैले विद्यार्थी भाइबहिनीहरूलाई मैले सँगालेको अनुभव सुनाउने अवसर मिल्यो ।

त्यो प्लेटफर्म मेरा लागि महत्वपूर्ण रह्यो । त्यो एउटा अविष्मरणीय क्षण नै हो । त्यसैले मलाई सम्मान तथा बिदाइका लागि छान्नुभयो, यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । 

हाम्रो कर्मचारी तन्त्रमा रोल्पा जिल्ला आउने या रोल्पा जस्ता पहाडी जिल्ला या हिमाली जिल्लामा जानको लागि धेरै कर्मचारी साथीहरू नम्बरका लागि हिड्ने गर्दछन् । तर म स्थानीय भएको हिसाबले रोल्पामा गर्नुपर्छ भनेर रूपन्देहीपछि रोल्पा आएको हो ।

रोल्पा आएर मैले सडक पूर्वाधार प्यूठान पनि हेरे दुई वर्ष जति । त्यसपछि मैले रोल्पा आएर कार्यालय प्रमुख चलाएँ । करिब करिब तिन वर्ष कार्यालय प्रमुख चलाएँ । 

विशेषत मैले के अनुभव गरेँ भने रोल्पा आएर आफूले जानेको कुराहरू प्रयोग गरेँ । जसरी मैले ओभरसियर पढेँ ३ वर्ष । त्यसपछि बि ४ वर्ष पढेँ, ७ वर्ष पढ्दा खेरिको अनुभवलाई फिल्डमा उतार्ने काम गरेँ । विभिन्न ऐन, कानुन, कार्यविधि छ त्यस भित्र टेकेर जति सकिन्छ आफ्नो दक्षता दिने प्रयास गरेँ। लिबाङ दारबोट बाटोको हालत के थियो ?

६ वर्षसम्म संघीय सरकारले काम गर्न नसकेको बाटो लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरियो र लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको बाटोलाई सडक पूर्वाधार विकास कार्यालयले गर्नुपर्छ भनेर दिएको ६ महिनाभित्र हामीले सम्पन्न ग¥यौं । लिबाङ–दारबोटको बाटोमा दारबोटको चोकसम्म जान हामीलाई यहाँबाट लिबाङ लगभग डेढ घण्टा जति लाग्दथ्यो । यति फसिन्थ्यो । अहिले सहज छ ।

सहिदमार्ग भन्दा वास्तवमा क्वालिटीको काम गरेका छौँ । हामीले बनाएको सिमलबाङ देखि दारबोटसम्मको बाटोको अवस्था कस्तो छ ? अहिलेसम्म पनि क्वालिटीको हिसाबले हेर्ने हो भने अब्बल छ । निर्माणका वेला क्वालिटीमा कुनै कम्प्रोमाइज गरिएन । त्यसैगरी लिबाङ–धाङसी–धबाङ हुँदै माथि जलजलासम्म जाने बाटोको हामीले ट्रयाक ओपन ग¥यौँ । त्यहाँ पनि धेरै लफडाहरु थिए । वनबाट धेरै मुद्दाहरु थिए त्यसलाई पनि सटआउट गरियो । ( वरिष्ट इन्जिनियर रोकालेसत्प्रयास समूहले आयोजना गरेको विदाई कार्यक्रममा व्यक्त मन्तव्यको संपादित अंश)

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस