कविता :

को सही ?

न ‘तिमी’ गलत छौँ ,
न ‘म’ गलत छु,
‘तिम्रो’अनुभव बेग्लै छ,
‘मेरो’ भोगाइ बेग्लै छ ।

त्यसैले,
आँखा नदेख्नेहरूले छामेर
हात्तीको परिभाषा दिएजस्तै
‘तिमी’ र ‘मैले’ बुझेको
समाज फरक फरक छ ।

तर,
अन्तत: ‘हामी’ दुवै सही छौ ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस