एमाले रोल्पाद्वारा संगठन सुदृढीकरण तथा भेटघाट अभियान सुरु

रोल्पा । नेकपा (एमाले) रोल्पाको वैठक भेला तथा भेटघाट अभियान विहिबारदेखि सुरु भएको छ ।

संगठन सुदृढीकरण अभियान स्वरूप तय गरिएको कार्यक्रम अन्तर्गत सुनछहरी गाँउपालिकाबाट उक्त अभियान सुरू गरिएको नेकपा एमाले रोल्पाका सचिव अमृत बुढामगरले बताए।

विहिबार सुनछहरी गाँउपालिकाको पोबाङमा पालिका स्तरको बैठक विगतको समीक्षा आगामी योजना बन्नुका साथै जनताहरूको विविध समस्या र सवालबारे गाँउपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तिन तहकै सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता भए खबरदारी गर्ने भेलाले निष्कर्ष निकालेको छ।

जिल्लाव्यापी रुपमा संगठन सुदृढीकरण तथा भेटघाट अभियानमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगर, एमाले रोल्पाका का।बा। अध्यक्ष विजयकुमार घर्तीमगर, सचिव अमृत बुढामगर, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा मगर, अनेरास्ववियु रोल्पा संयोजक सुर्य बि।क। लगायत नेताहरु सहभागी छन्।

अभियान कार्यक्रम शुक्रबार लुंग्री गाउँपालिकामा हुनेछ । भने २१ गते सुनिल स्मृति, २३ गते रुन्टिगढी, २४ र २५ गते त्रिवेणी, २६ गते गंगादेव, २७ गते माडी, २८ गते परिवर्तन र २९ गते थबाङ गाँउपालिकामा पुगेर समापन हुने एमाले रोल्पाले जनाएको छ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस