लुंग्रीमा एमालेको बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

रोल्पा । नेकपा (एमाले) रोल्पाद्वारा संगठन सुदृढीकरण अभियान अन्तरगत बैठक, भेला तथा भेटघाट कार्यक्रम हिजो लुङ्ग्री गाउँपालिकाको किलाचौरमा सम्पन्न भएको छ। 

कमला बिष्टको अध्यक्षता र नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको प्रमुख  आतिथ्यतामा  सम्पन्न पालिका स्तरको बैठक तथा भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरूको कार्ययोजना बनाउँदै पार्टी र जनवर्गीय सङ्गठनका गतिविधिलाई क्रियाशील र बलियो बनाउँदै लैजाने निर्णय गरेको छ । 

जनताका विविध  समस्या र सवालबारे गाउँपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तीन तहका सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता भए खबरदारी गर्ने पनि भेलाले निष्कर्ष निकालेको छ। 

यसरी गरी विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन्  । प्रवेश गर्नेहरूमा प्रेम गिरी, निर्मला रोका क्षेत्री, गङ्गा रोका क्षेत्री, रीमसरा केसी, बोमकुमारी बुढाथोकी, बारमा बस्नेत र उमेश बिक  रहेका छन् । उनीहरूलाई एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरले टिका तथा माल्यार्पण गरी स्वागत गरेकी  थिइन् ।

कार्यक्रममा एमाले रोल्पाका का.बा.अध्यक्ष विजयकुमार घर्तीमगर, सचिव अमृत बुढामगर, पूर्व प्रदेश कमिटी सदस्य घनश्याम आचार्य, एमाले जिल्ला कमिटी सचिवालय सदस्य कमल बुढाथोकी, पार्टी जिल्ला सदस्यहरू एन्जल भिजन गुरुङ, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाँठामगर, अनेरास्ववियु रोल्पा संयोजक सूर्य बिक. लगायत नेताहरूको सहभागिता रहेको थियो ।  

दुज बहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन एमाले गाउँ कमिटी उपसचिव मदन गिरीले गरेका थिए। एमालेले जिल्ला व्यापी संगठन सुदृढीकरण तथा भेटघाट अभियान अन्तरगतको आज सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा हुने एमाले रोल्पाले जनाएको छ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस