१. नेपालको वन सम्पदाको महत्व दर्शाउँदै नेपालमा वन विनाशका कारण र संरक्षणका उपायहरु सिफारिस गर्नुहोस् ?

उत्तरः पूर्ण तथा आंशिक रुपमा रुख, बोट विरुवा, बाक्लो झाडी बुट्यान आदीले आगेटेको भूभाग वन हो । वन ऐन, २०७६ ले यस बाहेक खोला किनारा, पर्ती ऐलानी जग्गालाई समेत वन भनेर परिभाषित गरेको छ । नेपालमा ४४.७४ प्रतिशत (६६ लाख १० हजार हेक्टर) भूभाग वन जंगलले ढाकेको अवस्था छ ।

नेपालको कुल वन क्षेत्रको २३.३९ प्रतिशत (३४४१९.७५ वर्ग किलोमिटर) भू–भाग २० वटा संरक्षित क्षेत्रको स्थापना गरेर संरक्षण तथा व्यवस्थापन गर्दै आइरहेको अवस्था छ, भने १० वटा सिमसार क्षेत्र (६०५.५५ वर्ग किलोमिटर) रामसारमा सूचिकृत भएको अवस्था छ ।

नेपालको वन सम्पदाको महत्वः

 शुद्ध प्राणवायु/अक्सिजनको आपुर्ती हुन्छ,
 वातावरणीय एवं प्राकृतिक सन्तुलन कायम राख्न मद्दत पुर्याउँछ,
 नेपालको प्राकृतिक सौन्दर्यता वृद्धि गर्दै पर्यटनको विकास गर्न सहयोग पुग्छ,
 उर्जाको प्रमुख श्रोत,
 वातावरणीय सन्तुलन कायम राखी भू–क्ष्य तथा बाढी पहिरोबाट जोगाउँछ,
 अर्थतन्त्रमा योग्दान तथा राजश्वको श्रोतका रुपमा रहेको,
 वन पैदावरमा आधारित उद्योगहरु सञ्चालन गर्न सकिने,
 जडिबुटी निर्यात र कार्वन व्यापार,
 आय—आर्जन र रोजगारीको अवसरहरुमा वृद्धि,
 खाद्य उत्पादनमा योग्दान पशुपंक्षि वन्यजन्तुको सुरक्षा,
 मरुभूमिकरणबाट बचाई भूमिगत जलको सुरक्षा गर्ने ।

नेपालको समग्र वन व्यवस्थापन तथा संरक्षणका लागि वन ऐन, २०७६ तथा वन नियमावली, २०७७ कार्यान्वयमा रहेको अवस्था छ, भने नेपालको वन विकासका लागि राष्ट्रिय वन नीति, २०७५ समेत कार्यान्वयनमा रहेको छ, भने संस्थागत रुपमा संघीय वन मन्त्रालय देखि प्रदेशमा वन मन्त्रालय हुँदै जिल्ला–जिल्लाहरुमा डिभिजन वन कार्यालयहरु र सव–डिभिजन कार्यालयहरु समेत रहेको अवस्था छ । यति हुँदाहुँदै पनि नेपालको वन क्षेत्रको विनास अपक्षित रुपमा नियन्त्रण गर्न सकिएको अवस्था छैन । नेपालमा वन विनासका कारणलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

 प्रचलित ऐन, कानून, नीति, नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु,
 वन सुरक्षाको अभाव रहनु,
 जनसंख्याको तिव्रत्तर वृद्धि हुनु,
 वन संरक्षण सम्बन्धी जनचेतनाको अभाव हुनु,
 वन विनास गर्नेलाई उचित सजायको व्यवस्था हुन नसक्नु,
 अव्यवस्थित बसाईसराई,
 अव्यवस्थित पुर्वाधार निर्माण,
 वैकल्पिक उर्जाको अभाव,
 कृषि कार्यका लागि वन अतिक्रमण,
 बाढी–पहिरो तथा जलवायु परिवर्तन,
 वन डढेलो, तथा अत्याधिक चरिचरण ।
वन संरक्षणका उपायहरुः
 प्रचलित ऐन, कानूनको अक्षरस पालन गर्ने तथा गराउने,
 वृक्षारोपण कार्यलाई बढवा दिने,
 वैकल्पिक उर्जाको सहज उपलब्धतामा ध्यान दिने,
 वनको महत्वबारे जनचेतनाको विस्तार एवं प्रचार प्रसार गर्ने,
 पुर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन कार्यलाई ध्यान दिने,
 तिव्रत्तर जनसंख्या वृद्धिलाई नियन्त्रण गर्ने,
 अव्यवस्थित बसाइसराई नियन्त्रण गर्ने,
 वन सीमा तथा अग्नी रेखाको व्यवस्था गर्ने,
 वन क्षेत्रमा प्राप्त हुने वैदेशीक सहयाता एवं राष्ट्रिय लगानीको सदुपयोग गर्ने,

वन नेपालको महत्वपूर्ण प्राकृतिक सम्पदा हो । हरियो वन नेपालको धन समेत भनेर चिनिने नेपालको वन क्षेत्रको उचित संरक्षण र उपयोगलाई समेत सँगसँगै अगाडि बढाएर वन जंगलबाट आर्थिक उपार्जनका साथै वातावरणीय सन्तुलन कायम राख्न सकिन्छ ।

२. नेपालको वर्तमान जलसम्पदाको स्थिती र जलसम्पदाको महत्वबारे संक्षपमा लेख्नुहोस् ?

उत्तरः जल भनेको पानी हो । पानी मानव लगायत सम्पुर्ण सजिवहरुको अपरिहार्य र अनिवार्य तत्व हो । जल सम्पदाको दृष्टिले नेपाल विश्वमै ब्राजिल पछिको दोस्रो धनी देश हो । नेपालमा झण्डै ६००० नदिनालाहरु रहेका छन् । यि नदीनालाहरुको कुल लम्बाई ४५ हजार किलोमिटर रहेको अनुमान छ । यसका साथै नेपालमा अनेकौ तालतलैयाहरु र सिमसार क्षेत्रहरु रहेका छन् ।

नेपालका सबै नदीनालाबाट ८३ हजार मेगावट विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको छ, भने करिब ८० लाख हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको र करिब ३ करोड नेपाली नागरिकलाई शुद्ध पेय जल आपुर्ती भइरहेको छ । यसका साथ साथै जलयातायात, मत्स्यपालन क्षेत्रमा समेत नेपालका जल सम्पदा प्रयोग भईरहेको अवस्था छ । नेपालको जलसम्पदाको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

 प्राकृतिक सम्पदा एवं जिव आत्माको संरक्षण गर्न,
 सिंचाई कार्यमा उपयोग गर्न,
 जल विद्युत उत्पादन गर्न,
 जल यातायातको विकास गर्न,
 मत्स्य पालन व्यवसाय गर्न,
 स्वच्छ खानेपानीको आपुर्ती गर्न,
 वातावरणलाई स्वच्छ र प्रदुषण रहित बनाउँन,
 जलचरको संरक्षण एवं प्रवद्र्धन गर्न,
 रोजगारका अवसरहरु शिर्जना गर्न,
 कृषि उत्पादनमा वृद्धि एवं आधुनिकी करण गर्न,
 विदेशी मुद्रा आर्जन गर्न,
 औधोगिक विकास गर्न,
 पर्यटनको विकास गर्न,
 सीमा व्यवस्थापन गर्न,
 धार्मिक पवित्रता एवं निर्माण सामग्रीको स्रोत ।

जल सम्पदा नेपालको प्रमुख प्राकृतिक सम्पदा भएकाले यसको उचित व्यवस्थापन र सदुपयोग गर्न सके वैकल्पिक उर्जाको विकास हुनका साथै जल सँग सम्बन्धीत अन्य क्षेत्रको समुचित विकास भई राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेख्य योग्दान पुग्ने देखिन्छ ।