
१०साउन, काठमाडौं । नेकपा एमाले सांसद ईश्वरी घर्तीले लोकसेवाको तयारी पुस्तकमा महिलामाथि घृणित शब्द प्रयोग गर्ने सरकारी कर्मचारी रामएकवाल दासलाई कारबाही गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभा बैठकमा आज बोल्दै एमाले सांसद घर्तीले उनलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिन् ।
‘नेपाल सरकारको बहालबाला कर्मचारी भएर लोकसेवाको तयारी कक्षामा महिलामाथि यस्तो अपमान मात्र होइन, महाअपमान हुने शब्द राख्नु हुन्छ कि हुँदैन ? यो शब्दले आम नेपाली आमा दिदीबहिनीमा गम्भीर आघात पुर्याएको छ । उनलाई तुरुन्त निलम्बन गरेर कारबाही अगाडि बढाउन माग गर्दछु’, उनले भनिन् ।
प्रकाशित मिति : २०८० साउन १० गते बुधवार