१. ग्रिक भाषामा सूर्यलाई के भनिन्छ ?
– हेलिअस
२. सबैभन्दा पहिले पृथ्वी गोलो छ भनि पत्ता लगाउने को हुन?
– पाइथागोरस
३. नेपालको राजधानी शहर काठमाडौँ रहने भनि नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?
– धारा २८८
४. मानिस जस्तै रुने जनावर भालु हो भने मानिस जस्तै हाँस्ने जनावर कुन हो?
– हाइना (हूँडार)
५. विश्वमा धार्मिक स्वतन्त्रता पाउने र संविधान सभाबाट संविधान जारी गर्ने विश्वको पहिलो देश कुन हो ?
– फ्रान्स
६. मल्लकालिन समयमा जिल्लालाई के भनेर चिनिन्थ्यो ?
– विषय
७.नेपालको इतिहासमा राजदरबार हत्याकाण्ड कहिले भएको थियो ?
– वि.सं. २०५८ जेठ १९
८. तामाङहरुको बसोबास भएको क्षेत्रलाई ताम्सालिङ भनिन्छ भने मगरहरुको बसोबास क्षेत्रलाई के भनिन्छ ?
– १२ र १८ मगरात
९. हाडनातामा विवाह गर्ने र न्वारण नगर्ने जाति हुन हो ?
– राउटे
१०. नेपालको पहिलो पर्यटक भनेर कसलाई चिनिन्छ ?
– सम्राट अशोक
११. मानिसको शरीरमा केको कमि भयो भने निलोपना देखिन्छ ?
– अक्सिजन
१२. विश्व वन्यजन्तु कोषले विश्वव्यापि रुपमा वन्यजन्तु संरक्षणका लागि चालेको अभियानलाई के भनिन्छ ?
– Gift to the Earth
१३. भुटान पुग्ने पहिलो नेपाली प्रधानमन्त्री को हुन ?
– सूर्यबहादुर थापा
१४. दुई मुलुकका स्थल सेनाबीचको सहकार्यका सम्बन्धमा भएको संवाद नेपाल- अमेरीका ”ल्याण्ड फोर्स टक” काठमाडौँमा कहिले भएको थियो ?
– वि. सं. २०७९ चैत्र १३ देखि१ १५
१५. नेपालमा पहिलो पटक पेपरलेस मन्त्रिपरिषद बैठक कहिले आयोजना गरिएको थियो ?
– वि.सं. २०७५ श्रावण १०


