
रोल्पा । नेकपा ९एमाले० रोल्पाद्वारा संगठन सुदृढीकरण अभियान अन्तरगत बैठक, भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बिहीबार गंगादेव गाउँपालिकाको सुखाओडारमा सम्पन्न भएको छ।
नेकपा एमाले गंगादेव गाउँपालिकाका अध्यक्ष खगेन्द्र वलीको अध्यक्षता र नेकपा एमालेको पोलिटब्युरो सदस्य गोकुल घर्ती मगरको प्रमुख आतिथ्यता एवं एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको विशेष आतिथ्यतामा सम्पन्न पालिका स्तरको बैठक तथा भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरुमा वडा र टोल स्तरसम्म जाने योजना बनाउनुका साथै पार्टीका जनवर्गीय संगठनहरुलाई पालिका, वडा र टोल स्तर सम्म विस्तार र कृयाशिल बनाउने निर्णय गरेको छ ।
साथै भेलाले जनताहरूको विविध समस्या र सवालबारे सम्बन्धित गाँउपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तीन तहकै सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता र भ्रष्टाचार देखिए खबरदारी गर्ने निष्कर्ष निकालेको छ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम घर्ती, पुर्व प्रदेश कमिटी सदस्य रोशनकुमार वलि, एमाले रोल्पाका का।वा।अध्यक्ष विजयकुमार घर्तीमगर, सचिव अमृत बुढामगर, उपसचिव ठाकुर वलि, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाँठामगर, अनेरास्ववियु रोल्पा संयोजक सुर्य बि।क।, लगायत नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी परित्याग गरि घमण्ड वली, महेन्द्री वली र नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका झुपराज डाँगिलाई टिका खादा लगाएर स्वागत गरिएको थियो।
पार्टीका पालिका उपाध्यक्ष कमल डाँगिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव नवीन वलिले गरेका थिए।
जिल्ला व्यापी संगठन सुदृढीकरण तथा भेटघाट अभियान अन्तरगतको सोहि कार्यक्रम आज माडी गाँउपालिकाको घर्तीगाउमा हुने एमाले रोल्पाले जनाएको छ।