एमाले रोल्पाको अगुवा कार्यकर्ता भेला तथा बैठक  घर्तीगाउँमा सम्पन्न

रोल्पा।  नेकपा (एमाले) रोल्पाद्वारा संगठन सुदृढीकरण अभियान अन्तरगत अगुवा कार्यकर्ता भेला, बैठक तथा भेटघाट कार्यक्रम शुक्रबार माडी  गाउँपालिकाको घर्तीगाउँमा सम्पन्न भएको छ।

नेकपा एमाले माडी गाउँपालिकाका  अध्यक्ष मोहन वलीको अध्यक्षता र नेकपा एमालेको पोलिटब्युरो सदस्य गोकुल घर्ती मगरको प्रमुख आतिथ्यता एवं एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको विशेष आतिथ्यमा सम्पन्न पालिका स्तरको बैठक तथा भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरूमा वडा र टोल स्तर सम्म जाने योजना बनाउनुका साथै पार्टीका जनवर्गीय सङ्गठनहरूलाई पालिका, वडा र टोल स्तर सम्म विस्तार र क्रियाशील बनाउने निर्णय गरेको छ ‌।

साथै भेलाले जनताहरूको विविध  समस्या र सवालबारे सम्बन्धित गाउँपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तीन तहकै सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता र भ्रष्टाचार देखिए खबरदारी गर्ने निष्कर्ष निकालेको छ। 

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी उपसचिव पूर्ण बुढामगर, प्रदेश सदस्य प्रेम घर्ती, पूर्वप्रदेश सदस्य घनश्याम आचार्य रोल्पाका अध्यक्ष विजयकुमार घर्तीमगर, सचिव अमृत बुढामगर, उपसचिव ठाकुर वली, जिल्ला सदस्यहरू कमन बुढा, मोतिलाल डाँगी, फौदे घर्तीमगर, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाँठामगर, अनेरास्ववियु रोल्पा संयोजक सूर्य बिक. लगायत नेताहरूको सहभागिता रहेको थियो ।  

पार्टीका पालिका सचिवालय सदस्य हस्तवीर घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन  गाउँ कमिटी सचिव अमृत खड्काले गरेका थिए।

जिल्ला व्यापी संगठन सुदृढीकरण तथा भेटघाट अभियान अन्तरगतको सोहि कार्यक्रम शनिवार परिवर्तन गाउँपालिकामा हुने एमाले रोल्पाले जनाएको छ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस