पर्यटकीय संभावनाले भरिपूर्ण बिबाङ दह

२८पुस, रोल्पा । वरीपरी अग्ला पहाड । शान्त अनि ठिंग उभिएका रुख । चराचुरुगींको चिरबीर आवाज गुञ्जिरहने घना जंगलले घेरिएको । वर्षात्का वेला त विभिन्न प्रजातिका पूmलले ढकमक्क ढाकिएर दुलही भैंm हुने बिबाह दह । कलकल बगिरहेको खोलाको छेउछाउँ हुँदै उकालिदै जाँदा देखिने मनोरम दृश्यले कस्को मन लोभ्याउदैन र ! बिबाङ दह पुग्ने जो कोहीको मन फुरुङ हुन्छ ।

यस्तो मनै लोभ्याउने गन्तव्य रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रिगाम मै छ । जिल्लामा पर्यटक आकर्षित गर्ने थुपै्र गन्तव्य मध्ये बिबाङ दह पनि एक हो । यहाँ पुग्ने जो कसैलाई मनमोहित बनाउने जादु बिबाह दहसँग छ भन्दा अन्यथा हुँदैन । बिबाङ दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । भौगोलिक हिसाबले त्यहाँ पुग्न केहि कठिनाई भएपनि त्यहाँ पुग्ने पर्यटकको मन जित्नेमा द्विविधा छैन । वर्षात्ताका बिबाह दहको आकार फैलिन्छ । लोपोन्मूख रेडपान्डाको वासस्थान क्षेत्र समेत मानिने गाममा दह अवस्थित छ । यहाँ थुप्रै बन्यजन्तु समेत पाईन्छन् ।

पछिल्लो समय स्थानीय सरकारले समेत पर्यटन क्षेत्रका विकासका लागि चासो दिदा ओझेलमा परेका ठाउँहरुको प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्रिने संभावना देखिन्छ ।

बिबाङ दह धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यस ठाउँमा जाँदा मनोकांक्षा पुरा हुने विश्वासका साथ घुम्न जाने प्रचलन रही आएको छ । पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले सुनछहरी गाउँपालिकाले बिबाङ दह क्षेत्रमा कार्यपालिका वैठक सञ्चालन गरेर पर्यटन विकासका लागि विभिन्न निर्णयहरु समेत गरेको थियो ।

स्थानीय सरकारले उक्त स्थानमा वैठक सञ्चालन गरेर विभिन्न निर्णय गर्दै पर्यटन विकासका लागि बिबाङ दह घोषणा पत्र समेत सार्वजनिक गरेको थियो । उक्त घोषणा पत्रमा सुनछहरी गाउँपालिका भित्रका पर्यटन सम्पदाको संरक्षण र प्रर्वदन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरिएको सुनछहरी गाउँपालिकाका प्रवक्ता अमरजित पुनले बताए ।

बिबाङ दहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि पूर्वी रोल्पाका तीन स्थानीय तहले साझा एजेण्डाका रुपमा समेत अघि सारेका छन् । सुनिलस्मृति गाउँपालिका, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि साझा एजेण्डा तयार पारेका छन् । साझा एजेण्डा तयार पार्दै तिन गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश र संघ सरकारसँग समन्वय गर्ने जनाएका छन् ।

पर्यटन विकासका लागि लुंग्री गाउँपालिकामा अवस्थित वडाचौर विमानस्थलदेखि सुनछहरी गाउँपालिकामा रहेको सुनछहरी झरणा–कोठी भिर–टिलाचन दह–बुजुधुरी जलजला– ओख्रेनी हुदै अन्तिम गन्तव्यको रुपमा सुनिलस्मृति गाउँपालिकामा अवस्थित गजुलकोट दरबारसम्म गुरिल्ला पदयात्राको रुपमा विकास गर्ने लक्ष्य लिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनले बताए ।

स्थानीय सरकारले पर्यटनका लागि केहि चासो दिदा स्थानीय खुशी देखिन्छ । कृषि उत्पादनको हिसाबले पनि बढी सम्भावना भएको यस क्षेत्रमा सडक पूर्वाधार पुग्न सकेको छैन् । बजार पुग्नका लागि लामो समय हिड्नुपर्ने यस क्षेत्रमा सडक पूर्वाधारसँगै पर्यटनको विकासका आधार निर्माण गर्न आवश्यक छ । यसो भए यहाँको उत्पादनले बजार पाउनुका साथै यहाँ उत्पादित सामग्रीले बजार समेत पाउने स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस