रोल्पा । नेकपा (एमाले) रोल्पाद्वारा संगठन सुदृढीकरण अभियान अन्तरगत अगुवा कार्यकर्ता भेला, बैठक तथा भेटघाट कार्यक्रम शनिबार परिवर्तन गाउँपालिकाको पुतलाचौरमा सम्पन्न भएको छ।
एमाले परिवर्तन गाउँपालिकाका अध्यक्ष प्रदिप डाँगीको अध्यक्षता र एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको प्रमुख आतिथ्यमा सम्पन्न पालिका स्तरको बैठक तथा भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरूमा वडा र टोल स्तर सम्म जाने योजना बनाउनुका साथै पार्टीका जनवर्गीय सङ्गठनहरूलाई पालिका, वडा र टोल स्तर सम्म विस्तार र क्रियाशील बनाउने निर्णय गरेको छ ।
भेलाले जनताका विविध समस्या र सवालबारे सम्बन्धित गाउँपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तीन तहका सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता र भ्रष्टाचार देखिए खबरदारी गर्ने निष्कर्ष निकालेको एमालेले जनाएको छ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी उपसचिव पुर्ण बुढामगर, प्रदेश सदस्य प्रेम घर्ती, एमाले रोल्पाका अध्यक्ष विजयकुमार घर्तीमगर, सचिव अमृत बुढामगर, उपसचिव ठाकुर वली, पूर्व प्रदेश सदस्यहरू घनश्याम आचार्य, गंगाराम बुढा (हितमान), रोशन वली, जिल्ला सदस्यहरू टेकेन्द्र रोका मगर, अमर सिंह बुढामगर, तिलबहादुर पुन, नारायण खनाल, पृथ्वी पुन, गंगादेव अध्यक्ष खगेन्द्र वली, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाँठामगर, अनेरास्ववियु रोल्पा संयोजक सूर्य बिक, लगायत नेताहरूको सहभागिता रहेको थियो ।
नारायण खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटी सचिव देवप्रकाश वलीले गरेका थिए। कार्यक्रममा एमाले प्रवेश गरेका झकास बुढामगरलाई टिका माला लगाएर स्वागत समेत गरिएको एमाले रोल्पाले जनाएको छ।
साथै परिवर्तन गाउँपालिका वडा नं ५ पुतलाचौरमा आज नेकपा एमाले परिवर्तन गाउँ कमिटीको पार्टी कार्यालय उद्घाटन गरिएको छ। नेकपा एमाले केन्द्रिय सदस्य ईश्वरी घर्तीमगर लगायत नेताहरूको उपस्थितिमा एक कार्यक्रमका बिच सो पार्टी कार्यालय उद्घाटन गरीएको एमालेले जनाएको छ।