लोकसेवा टिप्स : वस्तुगत प्रश्नोत्तर (शिक्षक सेवा विशेष)

१.सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो ?

उत्तरः बुध ग्रह

२. बिहानको तारा (Morning Star) भनेर चिनिने ग्रह कुन हो ?

उत्तरः बुध ग्रह

३. बुध ग्रहले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ?

उत्तरः ४८ कि.मि. प्रति सेकेण्ड

४. बुध ग्रहको उप—ग्रहकति रहेका छन्?

उत्तरः उप—ग्रह छैन्न

५. वायु मण्डल नभएको ग्रह कुन हो ?

उत्तरः बुध ग्रह
६. एक तिर तातो र अर्काे तिर चिसो भएको ग्रह कुन हो ?

उत्तरः बुध ग्रह

७. सौर्यमण्डलको दोस्रो तातो ग्रह कुन हो ?

उत्तरः बुध ग्रह

८. वृहस्पतिको पत्नी उपनामले चिनिने ग्रह कुन हो ?

उत्तरः बुध ग्रह

९. ताराको पुत्र भनेर चिनिने ग्रह कुन हो ?

उत्तरः बुध ग्रह

१०.सूर्यबाट दोस्रो नजिक र पृथ्वीबाट सबै भन्दा नजिक रहेको ग्रह कुन हो ?

उत्तरः शुक्र ग्रह

११. वर्ष भन्दा दिन लामो हुने ग्रह कुन हो ?

उत्तरः शुक्र

१२. शुक्र ग्रहले सूर्यको परिक्रमा गर्ने गति कति रहेको छ ?

उत्तरः ३५ किलोमिटर प्रति सेकेण्ड

१३. बिहानको तारा (Morning Star) र सन्ध्याको तारा (Evening star) भनेर चिनिने ग्रह कुन हो ?

उत्तरः शुक्र

१४.पृथ्वीबाट अनुसन्धा नगरिएको पहिलो ग्रह कुन हो ?

उत्तरः शुक्र ग्रह

१५. शुक्र ग्रहमा कुन ग्याँसको मात्रा बढी हुन्छ ?

उत्तरः कार्बन डाइअक्साईड

१६. रहस्यमय ग्रह, चम्किलो तारा, पृथ्वीको जुम्ल्याहा ग्रह, बहिनी ग्रह भनेर चिनिने ग्रह कुन हो ?

उत्तरः शुक्र

१७. सबै भन्दा लामो दिन भएको ग्रह कुन हो ?

उत्तरः शुक्र

१८. सबै भन्दा तातो ग्रह (Hottest Planet) कुन हो ?

उत्तरः शुक्र ग्रह

१९. Goddess of Beauty and love planet समेत भनेर कुन ग्रहलाई चिनिन्छ ?

उत्तरः शुक्र

२०. पृथ्वीको जम्मा क्षेत्रफल कति रहेको छ ?

उत्तरः ५१ करोड वर्ग कि.मि. (१९ करोड ७० लाखवर्ग माईल)

२१. नीलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?

उत्तरः पृथ्वी (अन्तरिक्षबाट हेर्दा नीलो र हरियो देखिने)

२२. पृथ्वीको औषत व्यास कति रहेको छ ?

उत्तरः १२७३५ किलोमिटर (अधिकतम÷भूमध्य रेखीय व्यास १२७५६ कि.मि. र न्युनतम÷ध्रुवीय व्यास १२७१४ कि.मि.)

२३. पृथ्वीको धु्रवीय व्यास भन्दा भूमध्य रेखीय व्यासमा कति बढी रहेको छ ?

उत्तरः ४२ किलोमिटर

२४. पृथ्वी आफ्नो कक्षमा कति डिग्रको कोणमा ढल्किएको छ ?

उत्तरः ६६.५ डिग्रीको कोणमा

२५. पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?

उत्तरः ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड

२६. पृथ्वीले आफ्नो अक्षमा घुम्न कति समय लगाउँछ ?

उत्तरः २३ घण्टा ५६ मिनेट ४.९ सेकेण्ड (सौर्यदिन)

२७. पृथ्वीले सूर्यको परिक्रमा गर्ने बाटोलाई के भनिन्छ ?

उत्तरः पृथ्वीको कक्ष (आफ्नो अक्षमा घुम्ने पृथ्वीको अक्ष)

२८. पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति कति रहेको छ ?

उत्तरः ३० कि.मि. प्रतिसेकेण्ड

२९. पूर्वीय दर्शन अनुसार भगवान विष्णुको २ पत्नीमध्ये एक लक्ष्मीलाई मानिन्छ भने अर्काे कुनलाई मानिन्छ ?

उत्तरः पृथ्वी

३०. पृथ्वीको उत्पती कहिले भएको हो ?

उत्तरः ४ अर्ब ५० करोड वर्ष पहिले

३१.पृथ्वीको एकमात्र उप—ग्रह कुन हो ?

उत्तरः चन्द्रमा

३२. चन्द्रमा पृथ्वीबाट कति टाढा रहेको छ ?

उत्तरः ३ लाख ८४ हजार ४ सय कि.मि.

३३. रोमन युद्ध देवतामार्सको नामबाट नामाकरण गरिएको ग्रह कुन हो ?

उत्तरः मंगलग्रह

३४. मंगल ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?

उत्तरः ६८७दिन

३५. मंगल ग्रहको कतिवटा उपग्रहहरु रहेका छन् ?

उत्तरः २ वटा (फोबस र डिमस)

३६. मगंल ग्रहको दिनको तापक्रम पृथ्वीको तापक्रमसँग मिल्दोजुल्दो छ भने रातिको ताक्रम कति सम्म पुग्छ ?

उत्तरः –३८ डिग्री सेन्टिग्रेड सम्मपुग्ने

३७. रातिको समयमा रातो देखिने ग्रह कुन हो ?

उत्तरः मंगल ग्रह

३८. रातो ग्रह भनेर चिनिने ग्रह कुन हो ?

उत्तरः मंगल ग्रह

३९.मंगल ग्रह कुन तत्वका कारण रातो देखिन्छ ?

उत्तरः लिमोनाइट र आइरन अक्साईड

४०. मंगल ग्रहमा पानी रहेको तथ्य पत्ता लगाउने टोलीका नेपाली सदस्यको हुन?

उत्तरः लुजेन्द्र ओझा

४१. सबैभन्दा बढी खोज तथा अनुसन्धान ग्रह कुन हो ?

उत्तरः मंगल ग्रह

४१. मंगल ग्रहमा जानका लागि नेपालबाट फारम भर्ने को हुन?

उत्तरः समिर न्यौपाने (फारम अस्वीकृत)

४२.ज्वालामुखी पहाड धेरै भएको ग्रह कुन हो ?

उत्तरः मंगल ग्रह

४३. मंगल ग्रहमा हालसम्म पुग्ने देशहरु कुन—कुन हुन?

उत्तरः क्रमशः अमेरीका, रुस, युरोपेली युनियन, भारत (अ.रु.यु.भा.)

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस